नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको औसत दैनिक खर्च र बसाइमा आसलाग्दो सुधार हुन सकेको छैन । पर्यटन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार नेपाल भ्रमण गर्ने पर्यटकको औसत दैनिक खर्च ४०.८ अमेरिकी डलरमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ४१ डलर रहेको थियो । आव २०८१/८२ मा पर्यटकको औसत बसाइ १३.३ दिन पुगेको छ । जुन अघिल्लो वर्ष १३.२ दिन रहेको थियो । कोरोना महामारीअघि नेपालमा पर्यटकले दैनिक ४८ र महामारीको समयमा ६० डलर खर्च गर्ने गरेका थिए । उक्त समयमा प्रतिपर्यटकको औसत बसाइ १५.५ दिन पुगेको थियो ।
विभागका अनुसार आव २०८०/८१ मा पर्यटकको आगमन ११ लाख १७ हजार रहेकोमा आव २०८१/८२ को अन्त्यसम्ममा भने बढेर ११ लाख २८ हजार नाघेको छ । नेपाल आएका पर्यटकमध्ये सबैभन्दा धेरै ६०.४ प्रतिशत मनोरञ्जनका लागि भित्रिएका छन् । त्यस्तै गरी १५.३ प्रतिशत पाहुना तीर्थयात्राका लागि, पर्वतारोहण वा साहसिक यात्राका लागि १४.५ प्रतिशत र अन्य उद्देश्यले ९.८ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् ।
विभागका अनुसार हाल नेपालमा २१४ तारे होटेल र एक हजार ३६४ डिलक्स, लक्जरी तथा हेरिटेज होटेल रहेका छन् । जसको कुल ‘बेड’ सङ्ख्या २० हजार ३४३ पुगेको छ । अन्य होटेल, लज, रिसोर्टको सङ्ख्या ४२ हजार २९९ पुगेको छ । १५ खर्ब रुपियाँभन्दा बढीको लगानी भइसकेको होटेल क्षेत्रले वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने दाबी गरिएको छ ।
पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो छ महिनामा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी देखिएको छ । सन् २०२४ को जनवरीदेखि जुनसम्म पाँच लाख ८३ हजार ११ जना पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा पाँच लाख ७७ हजार ६८९ पर्यटक नेपाल भित्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







