साहारा लिम्बू
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङे झरनाको प्रचार प्रसार अभावले ओझेलमा परेको छ । गाउँपालिकाको वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सङ्गमस्थलमा रहेको झरनाले प्रचार प्रसार पाउन नसकेको हो ।
झरनाको लम्बाइ अहिलेसम्म मापन नगरिएको भए पनि २५० मिटर अग्लो रहेको अनुमान गरिएको सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताए ।
झरना बर्खायाममा अति नै ठूलो भई ढङढङको आवाज दिने भएकाले यसको नाम ढङढङे झरना राखिएको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाको यस झरनाको प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्न चाहन्छ । त्यसैले गाउँपालिकाले आगामी आर्थिक वर्षमा झरनाको महोत्सव साथै प्रचार प्रसार गर्न २० लाख बजेट विनियोजन गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
रासस





