काठमाडाै । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वलाई हिमालय पर्यटन हबको रूपमा विकास गरिने भएको छ । रुकुमपूर्वको कमल दहलाई आधार मानेर भुमे र पुथा गाउँपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थललाई हिमालय पर्यटन हबको रूपमा विकास गर्न खोजिएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख टङ्कनाथ खनालले जानकारी दिनुभयो । कार्यालय प्रमुख खनालले भन्नुभयो, ‘‘हिमालय पर्यटन हबको रूपमा विकास गर्न स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाजसहित सम्पूर्ण आम नागरिकसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं ।’’
यो कार्यक्रमअन्तर्गत रुकुम पूर्वमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै समग्र प्राकृतिक तथा सांस्कृतिक क्षेत्रलाई समेटेर स्थानिय तह र निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्दै जिल्लामा पर्यटकीय गतिविधि अघि बढाइने छ । जसअन्तर्गत पर्यटन व्यवसायीले पर्यटन स्तरका होटल सञ्चालन गर्ने र प्याकेज घोषणा गर्ने, पर्यटन विकास परिषदको सहकार्यमा सिस्ने गाउँपालिकाले पर्यटन सूचना केन्द्र स्थापना गरि सञ्चालन गर्ने, उद्योग वाणिज्य सङ्घले कोशेली घर निर्माण गर्ने, रुकुमकोट आसपासका पर्यटकीय स्थलहरूमा साईक्लिङ, जिपलाईन, टाकुरा भ्यू, साइटसिन लगायतका गतिविधि सञ्चालन गरिने रहेका छन् ।
यसैगरी, कमल दह क्षेत्रलाई आधार माधी सिस्ने गाउँपालिकाको गुप्तदह, भूमे गाउँपालिकाको चौरीलेक र पुथा गाउँपालिकाको सुनदहसम्म पर्यटकीय पदमार्ग सञ्चालन गर्ने, र्याफ्टिङ सञ्चालन गर्ने उल्लेख गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमको उपस्थितिमा हिमालय पर्यटन हबको आइतबार रुकुमकोटबाट औपचारिक शुभारम्भ गरिएको छ । पर्यटन डिभिजन कार्यालय बाँकेले यसअघि पनि रुकुमपूर्वमा पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्दै आएको डिभिजन प्रमुख टङ्कनाथ खनालले बताउनुभयो । कमल दहमा पर्यटकीय स्थलको चिनारी हुने होडिङबोर्ड समेत राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपाको नयाँ नेतृत्वमा रवि निकट नेताको वर्चस्व, असिम शाह बने अपवाद
- होर्मुजमा मालवाहक जहाजमाथि ड्रोन आक्रमण, ट्रम्पले लगाए इरानमाथि आरोप
- कोशीमा भारी वर्षाको सम्भावना, देशभर मनसुन विस्तार हुने क्रम जारी
- रास्वपाको महामन्त्रीमा ८ जनाको मात्र उम्मेदवारीः शिशिर खनालले किन लिए फिर्ता
- प्रतिनिधिसभाको बैठक आज पनि सर्यो
- मधेसमा सरकार चलाउनेकै कारण संघीयता डुब्ने खतरा
- विद्युतीय सवारी साधनको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
- आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग



ट्रेन्डिङ
खबरमुकाम







