काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समयानुकुल नीति, नियम र प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लाग्नुभएका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले यस्तो आग्रह गरेका हुन ।
उनले बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्टता रहेको उल्लेख गरे । उनले विविध जातजाति, समुदाय, भाषाभाषी संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्धनका लागि सबै एकसाथ मिलेर लाग्नुपर्नेमा जोड दिए । यसकै माध्यमबाट आपसमा भाइचारा,मित्रता र सद्भाव बढाउँदै अघि बढ्न जरुरी रहेको उनकाे भनाइ थियाे ।
उनले भने, ‘‘हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समयानुकुल आवश्यक नीति, नियम र प्रवन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यान आकर्षण गराउन चाहन्छु । बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्टता छ । विविध जातजाति, समुदाय, भाषाभाषी संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्धनका लागि सबै एकसाथ मिलेर लाग्नुपर्छ । यसकै माध्यमबाट आपसमा भाइचारा,मित्रता र सद्भाव बढाउँदै अघि बढ्न जरुरी छ ।’’
राष्ट्रपति पौडेलले इस्लाम धर्मावलम्वीहरूको विश्वासअनुसार हज यात्रा आध्यात्मिक पुनःजन्म जस्तै जहाँ मानिसले अल्लाहको घर पुगेर आफ्नो सबै पाप र दोषबाट मुक्त हुने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । पवित्र आस्था र विश्वास बोकेर जाने हज यात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने पनि बताए । सो असवरमा राष्ट्रपतिलाई हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए ।
राष्ट्रपति पौडेलले भने, ‘‘इस्लाम धर्मावलम्वीहरूको विश्वासअनुसार हज यात्रा आध्यात्मिक पुनःजन्म जस्तै जहाँ मानिसले अल्लाहको घर पुगेर आफ्नो सबै पाप र दोषबाट मुक्त हुने अवसर प्राप्त गर्ने छन् । यस्तो पवित्र आस्था र विश्वास बोकेर जाने हज यात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने नै छ ।’’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान
- ‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास
- प्रतिस्पर्धाबाट राजदूत छान्न मन्त्रालयले माग्यो निवेदन
- अर्थमन्त्री वाग्लेले आज संसदमा बजेट प्रस्तुत गर्ने
- आज गणतन्त्र दिवस्, टुँडिखेलमा विशेष समारोहको आयोजना



ट्रेन्डिङ
खबरमुकाम






