काठमाडौँ । रारा ताल नेपालको कर्णाली प्रदेश मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहबाट करिब २,९७२ मिटर उचाईमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रामा राराताल पुगिन्छ ।
नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य यस रारा तालमा अहिले पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल रारा तालमा आउने पर्यटकहरू विशेष रूपमा घोडचढीमा आकर्षित हुने गरेका छन् । सबैले घोडा चढ्ने व्यक्तिलाई हेर्छन् । प्रसिद्ध पर्यटकीयस्थल रारा तालमा आउने पर्यटक घोडामा चढेर रमाउन थालेका छन् । रारा तालमा पुग्न उकालो चढ्न नसक्नेले कोहि बाध्य भएर घोडा चढ्छन् भने कोहिले रमाइलोका लागि घोडा चढ्छन्।
घुच्चीलेक हुँदै गाडीमै सल्लेरी पुगेका पर्यटक रारासम्म पुग्न घोडामा चढ्ने गरेका हुन् । पर्यटकबाट घोडाले व्यवसायीको आम्दानी र पर्यटकको मनोरञ्जन दुवै बढाएको छायाँनाथ रारा नगरपालिका वडा नं ७ का स्थानीय घोडा व्यावसायिक पञ्चबहादुर रावलले बताए ।
सल्लेरीसम्म गाडीमै आएका युवायुवतीलाई रारामा पुग्न सजिलोका लागि र घोडामा बसेर फोटो खिचाउनेको सङ्ख्या बढेको छ । उनले भने, ‘‘घोडा समितिको निर्णय अनुसार सल्लेरीदेखि रारा तालसम्म घोडामा सवार गराए बापत प्रति व्यक्ति एक हजार रुपियाँ लिने गरिएको छ ।’’
‘‘घोडामा पर्यटक घुमाउँदा आम्दानी राम्रो हुन्छ ।’’ उनले भने, ‘‘अहिले यहाँ घरमै बसेर घरकै खाएर मासिक ३० हजार बढी कमाई हुन्छ । नयाँ मान्छेसँग चिनजान र भेट्घाट हुन्छ । बिहान ६ बजे उठेर यहाँ आयो अनि बेलुका उज्यालो रहँदासम्म पर्यटकलाई घुमाउँदैमा बित्छ दिन ।’

कैलाली जिल्ला भीमदत्त नगरपालिका वडा नं ७ का आन्तरिक पर्यटक रारा घुम्न आएका डम्बर धामीले घोडामा चढ्दाको मज्जा बेग्लै हुने अनुभव सुनाए ।
रारा ताल आएका धेरैजसो पर्यटक घोडामा चढ्न खोज्ने भएकाले आम्दानी राम्रो भएको अर्का घोडा व्यवसायी रामबहादुर रोकायाले बताए।यता रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी अमर सावतका अनुसार आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म आन्तरिक पर्यटक एक हजार तीन सय ९८ जना, सार्क नागरिक नौ जना त्यसैगरी विदेशी ४९ नागरिक गरी एक हजार चार सय ६५ जना पर्यटक रारा तालमा घुम्न आएको कार्यालयमा तथ्याङ्क रहेको छ । रारा घुम्न आएका पर्यटकबाट प्रवेश शुल्क बापत तीन लाख ८ सय ५० रुपियाँ राजस्व सङ्कलन भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







