काठमाडौँ । तनहूँ जिल्लाको सदरमुकाम दमौलीबाट दक्षिण पश्चिममा पर्ने मानुङ्कोट, प्राकृतिक दृष्याबलोकन गर्न रुचाउनेहरुको लागि राम्रो गन्तब्य हो । साविक जामुने गाविस वडा नंं. १ मा पर्ने मानुङ्कोट हाल व्यास नगरपालिका वडा नं. ५ मा पर्दछ । सदरमुकाम दमौलीबाट दुई पांग्रे सवारीमा करिब २० मिनेट, बसमा र एक देखि सवा एक घण्टा पैदल यात्रामा मानुङकोट पुग्न सकिन्छ । मानुङकोटको फेदी मानुङकोट गाउँमा अधिकाँश मगर जातिको बाहुल्यता रहेपनि मानुङकोट नै भने बस्ती शून्य प्रायः छ । हाल मानुङकोटमा पाँच घरधुरी मात्र बाँकी रहेको छ । सेवा सुविधाको अभावमा अधिकाँश स्थानीय विस्थापित भै सकेका छन् ।
हिउँदको सुरुवातसंगै मानुङकोट जाने आन्तररिक पर्यटकहरुको बृद्धि भएको छ । दैनिक औषत ५र६ सयको हाराहारीमा आन्तरिक पर्यटकहरु सूर्योदय अवलोकनको लागि मानुङकोट पुग्ने गर्दछन् । कुहिरोले डम्म ढाकेको दमौली बजार र आसपासका क्षेत्रहरु, बीच बीचमा देखिने पहाडका चुचुराहरु, उदाउँदै गरेको सूर्य र उदाउँदो सूर्यको किरणमा सुनौलो भएर टल्किएका हिमालका चुचुराहरु ।
प्राकृतिक दृष्याबलोकनमा रमाउने जो कोहीलाई पनि मानुङकोटको एक पटकको यात्राले धित मर्दैन । मानुकोट विहान मात्र होइन, दिउसो र साँझ पनि उत्तिकै मनमोहक र रमणीय छ । विहानै सूर्योदयको दृष्यावलोकन गर्नुको अनुपम आनन्द त छँदैछ । दिउसो रमाईलो घाममा ज्यान तताउँदै सेती र मादीको संगम नियाल्नुको आनन्द पनि कम छैन । अझ साँझमा चिसो सिरेटोसंग साउती मार्दै झिलिमिली देखिने दमौली बजार बीस घरे, भादगाउँ र साँगेका क्षेत्रहरु हेर्दै, यो ठाउँ त्यो ठाउँ भन्दै अनुमान लगाउनुको मज्जा पनि कहाँ कम छ र !
मानुङकोट तनहुँको लागि एउटा उदाउँदो पर्यटकीय गन्तब्य हो । पर्यटकीय स्थल मानुङकोट भविष्यमा आन्तरिक साथ साथै बाह्य पर्यटनको लागि पनि उत्कृष्ट गन्तब्य बन्न सक्छ । पोखरा घुम्न आउने राजधानी लगायत मोफसलका नेपाली पर्यटक र अन्तराष्ट्रिय पर्यटकहरुलाई पनि कमसेकम एक दिन तनहुँमा अड्याउन सक्ने सम्भावना छ ।
तनहुँमा पनि धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । सांस्कृतिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । प्राकृतिक दृश्यावलोकनको लागी मात्रै पनि तनहुँमा थुप्रै ठाउँहरु छन् तर सदरमुकामबाट नजिक र राजमार्गबाट आउन जान सुविधाको हिसाबले हेर्दा मानुङ्कोटको पर्यटकीय सम्भावना अलि बढि छ ।
मानुङकोटमा भ्यूटावर पनि रहेको छ । यहाँबाट हिमश्रृङ्खला, दमौली बजारलगायतका आसपासका क्षेत्रको अवलोकन गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

ट्रेन्डिङ
खबरमुकाम







