काठमाडौँ । इलामको रोङ गाउँपालिका–५ स्थित किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा रहेको छ । रोङ–५ चिसापानीमा नयाँ पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा बन्दै गएको छ ।
प्राकृतिक सन्दर्यता र किरात सभ्यता झल्काउने यस पार्कले आन्तरिक र बाह्य पर्यटकलाइ आकर्षित गर्न थालेको छ । किरात सभ्यताको इतिहास झल्काउने संरचनाहरू र हरियाली वातावरणका कारण यो पार्कले धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
पार्क सम्म पुग्न विभिन्न मार्गहरू उपलब्ध छन् । झापाबाट मेची राजमार्गको बर्ने सडकखण्डबाट पूर्वी शान्तिनगर गौडा हुँदै चार किलोमिटरमा पार्क पुग्न सकिन्छ। यस्तै इलामबाट पाथिभरा फेदि हाँसपोखरी हुँदै करिब ६ देखि ७ किलोमिटरको दुरीमा पार्क रहेको छ ।
इलाम बाट भने वार्ड नं २ को बुद्धमोडबाट ७ देखि ८ किलोमिटर लामीटार, कुवापानी हुँदै किरात पार्क पुग्न सकिन्छ। किरात सभ्यता र प्राकृतिक सौन्दर्यको संयोजन अनुभव गर्न चाहने पर्यटकका लागि यो पार्क एक उत्कृष्ट गन्तव्यको रुपमा उभिन लागेको छ ।
पार्कमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना तथा पर्यटकीय सुविधा विस्तारको योजना समेत बनिरहेको रोङ गाउँपालिकाका अध्यक्षले जानकारी दिए । उनले भने "थोरै लागतमा यो पार्कमा धेरै संरचना बनाइएको छ । यहाँ घुम्न आउने पर्यटकको सुविधाका लागी होमस्टेको पनि व्यबस्था रहेको छ ।" यस पार्कमा १५ / २० वटा घरहरुलाई होमस्टे बनाईएको छ । जसको नाम किरात सामुदायिक होमस्टे हो ।
चिसापानीमा किराँत सभ्यता मात्रै होइन पाथिभरा गिद्धे पहरा, झन्डी डाँडाको पहरा, टिमाईखोलाको शिर, नेपाल र भारतको समथर भूभाग अनि सूर्योदयको मनमोहक दृश्यावलोकन गर्न सकिने स्थान पनि रहेकोले अहिले पर्यटकहरु आउन थालेको र यसलाई पिकनिक स्थलको रुपमा विकास गर्नुपर्ने स्थानीय युवाहरुले बताए ।
चुरे क्षेत्रमा पर्ने चिसापानी तल मधेसमा गर्मी र तातोपानी रहँदा चिसो हावा र पानी पाइने गरेको कारण सिंगो गाउँको नाम नै चिसापानी रहेको बुढापाकाहरुका भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







