काठमाडौँ - कालिञ्चोक सेकेण्ड सेकेण्डमा नयाँ नयाँ स्वरूपमा देखिन्छ कालिञ्चोक। आँखा झिमिक्क समेत गर्न दिँदैन यहाँको प्रकृतिले । युवा पुस्ता हिउँ खेल्नलाई उपयुक्त मान्छन् कालिञ्चोक । तर, हामीजस्ता प्रकृतिप्रेमीलाई वर्षायाम नै उपयुक्त लाग्छ ।
प्रकृतिको छिनछिनमा रूप फेरिरहँदा हेरिरहन मन लाग्छ । हिउँदमाभन्दा वर्षायाममा नै बढी घुम्न मन पराउँछन । अझ कालिञ्चोक क्षेत्रको कुरा गर्नुपर्दा वर्षायामभरि यतै बसौं लाग्छ ।
यहाँ चरिरहेको चौरी, याकले झनै मन लोभ्याउँछ। रंगीविरंगी फूलहरूको बयान गरिरहुँ झैं लाग्ने । कालिञ्चोक हरेक सिजनमा घुम्न उपयुक्त ठाउँ हो । झन् वर्षायाममा एक पटक घुमेका मान्छेलाई कहिले आउला वर्षायाम भनेर सोचमग्न बनाउँछ ।
कालिञ्चोकमा यही सिजन हो चौरीको घ्यू, छुर्पी पाउने । दिनभरि यहाँको हरियाली फाँटहरूमा चौरी चरण नियाल्दा घण्टौं बितेको पत्तै हुँदैन । कालिञ्चोकमा पटक पटक पुगे पनि । , हरेक पटक नयाँ नयाँ नै देखिन्छ । जता हेरे पनि हेरिरहुँ झैं लाग्ने । त्यसैले कालिञ्चोकलाई तपस्वीहरूको तपोभूमि, प्रकृतिसँग रमाउनेहरूको क्रिडास्थल मानिन्छ । त्यस्तै धर्मकर्म गर्नेहरूको लागि पुण्यभूमि अनि प्रकृति, धर्म र साहसिक यात्राको उत्कृष्ट त्रिवेणीधाम हो ।
कालिञ्चोक सदरमुकाम चरिकोटबाट १७ किलोमिटरमा पुग्न सकिन्छ । कालिञ्चोक मन्दिर ३ हजार ८ सय ४२ मिटरको उचाइमा छ । पैदल यात्राबाट पनि सजिलै पुग्न सकिने यस ठाउँमा हाल दैनिक रूपमा गाडीको सुविधा छ। अनेकौ किम्वदन्ती र पौराणिक कथाहरूमा समेत वर्णित यसको महिमा व्यापक छ ।
विशेषगरी जनैपूर्णिमा, कार्तिक पूर्णिमा, चैतेदसैं, दसैं, नयाँ वर्षका दिन भव्य मेला लाग्ने यो पुण्यभूमिमा वर्षैभरी दर्शनार्थीहरूको बाक्लै उपस्थिति हुन्छ । प्रकृतिका छटाहरू नयनमा सजाउँदै, पाइलै पिच्छे गुञ्जने चराचुरूङ्गीका कर्णप्रिय वाणीहरूले यात्रालाई सजिलो र छोटोको आभास दिलाउँछ ।
त्यस्तै, फागुनदेखि वैशाखको समयमा सेताम्य फूलेका चिमाल, लालीगुराँसले झनै कालिञ्चोकको शोभालाई बढाउने गरेको पाइएको छ । आँखै नजिक देखिएका गौरीशंकर हिमाल लगायत हिमश्रृङ्खलाले संवेदनशील मनहरूलाई तरंगीत गर्दछ।
बस्नको लागि देउराली, गैरी, कुरीका शेर्पा, तामाङ समुदायले गरेका आतिथ्य सत्कारले पटक पटक कालिञ्चोकको यात्रा सधैँ गरौं गरौं लाग्छ ।
स्रोत: जीवन लामा सेतोपाटी न्युज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी

ट्रेन्डिङ
खबरमुकाम







