पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको सिमामा रहेको पार्वती गुफा प्रचार अभावमा ओझेलमा रहेको छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पती पाउँ भनी कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण र प्रचार अभावका कारण ओझेलमा परेको हो ।
गुफाको अग्रभागमा हात्तीको सुँडको आकृति साथै पार्वती माताको ठुलो पत्थरमा स्वआकृतिको मूर्ति रहेको छ । गुफाबाट निस्केको पानी करिब २ किलोमिटर तल कालीगण्डकी नजिकैको पहराबाट एक हजार धाराको छहरा निस्किएको छ ।
‘अलौकिक स्थान रहेको भए पनि यसको प्रचार हुन सकेको छैन’ स्थानीय कमलप्रसाद पौडेलले भने, ‘सीता माताको जन्मस्थान जनकपुरजस्तै पार्वती माताको जन्मस्थान पाङको विकास हुनुपर्ने हो, तर सरकारी तवरबाट पर्याप्त सहयोग नहुँदा ओझेलमा परेको छ ।’
पाङ पार्वती माताको जन्मभूमि हो भनेर योगी नरहरि नाथले आफ्नो पुस्तक ‘देश दर्शन’ मा समेत उल्लेख गरेको भए पनि पर्याप्त पूर्वाधार र प्रचार अभावमा उक्त स्थान विकास हुन नसकेको स्थानीयको भनाइ छ । यस ठाउँलाई सरकारले समेत धार्मिक गन्तव्यको रूपमा विकास गरी पर्याप्त काम गर्नुपर्ने स्थानीयको माग छ ।
सरकारी तवरबाट केही काम हुन नसकेपछि पछिल्लो समय स्थानीयको पहलमा पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्था बनाएर काम थालेसँगै पूर्वाधार विकास भइरहेको छ । ‘पार्वती गुफा’ भित्र पार्वतीले पूजा गरेका, तपस्या गरेका ठाउँहरू आकृतिका रूपमा देखिएको र ती स्थानको संरक्षणका लागि काम भइरहेको संस्थाका अध्यक्ष छविलाल पौडेलले बताए ।
करिब १ किलोमिटर लामो गुफा तथा गुफा बाहिरका ठाउँका पैदल मार्ग, धर्मावलम्बी बस्ने स्थान, मन्दिर र पुललगायतका पूर्वाधार निर्माण भइरहेका छन् । हालसम्म करिब १ करोडको लागतमा काम भएको र केही निर्माणकै चरणमा रहेको उनको भनाइ छ ।
संस्थाका उपाध्यक्ष जनक पौडेलका अनुसार अहिले प्रदेश तथा स्थानीय सरकारहरूको बजेटबाट पूर्वाधार निर्माण तथा संरक्षणका लागि काम भइरहेको छ । प्रदेश सरकारले दिएको ९० लाख साथै स्थानीयको सहयोगमा काम जारी छ ।
धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको उक्त स्थानमा बजेट अभावका कारण पूर्वाधार विकास हुन नसक्दा समस्या भएको समितिका पदाधिकारीको भनाइ छ । ‘हामीले लामो समयदेखि संरक्षण गरे पनि पर्याप्त बजेट नहुँदा यसको विकास गर्न सकिएको थिएन’ समितिका उपाध्यक्ष पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ट्रेन्डिङ
खबरमुकाम







