नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंक समक्ष बिद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुका बारेमा आफ्नो धारणा प्रकाशपारेको छ आर्थिक बर्ष २०८१÷८२ को मौद्रिक नीतिको लागि विभिन्न ७ वटा सुझाबहरु प्रस्तुत गरेको थियो । अटोमोवाइल क्षेत्रले नेपालको कूल गाहस्थ उत्पादनमा महत्वपूर्ण योगदान दिदै आएको छ । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौं नेपालीहरुलाई रोजगार प्रदानगरी राष्ट्रिय विकासमा ठुलो भूमिका निभाउदैआएकोे छ । अटोमोवाइल क्षेत्रमा आर्थिक सुस्ततासंगै अटो अटोमोवाइल क्षेत्र मैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहदा समग्र अटोमोवाइल बजारमा ६८% प्रतिशतसम्म गिरावट आएको छ ।
नाडाले केही दिन अघि मात्रै पनि अटोमोवाइल मैत्री मौद्रिक नीतिको चरम आवश्यकता रहको जनाएको थियो । अटोमोवाइल क्षेत्रले विधुतिय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्दछ जसमा आइ इ सि, पार्ट्स, लुब्रिकेन्ट्स र टायर इत्यादी क्षेत्रहरु पनि समाबेश हुन्छ, तसर्थ यो सबैव्यवसायलाई हितहुने नीतिको आवश्यकता बारेऔल्याउदै आर्थिक बर्ष २०८१÷८२ कोमौद्रिक नीतिलेयसमा सुधार ल्याएन भने स्थिति अझै भयावह हुने र व्यवसायीहरु पलायन हुनु बाहेक केहि विकल्प नरहने भन्दै यस्तो स्थिति राष्ट्रिय विकाशको लागि नकारात्मक हुने बताएको थियो । तर यस मौद्रक नीतिले नाडाको कुनै पनि सुझावहरुलाई सम्बोधन गर्न नसकेको मात्र होइन पुरै वेवास्ता गरिएको छ । यस्तोकिसिमको वेवास्तालाई नेपालका सम्पूर्ण अटोमोवाइल व्यवसायीहरुलेऋण भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न हुने र सवैव्यवसायीहरु कालोसुचीमा पर्ने देखिएको छभने अर्कोतर्फ अटोमोवाइल वर्कशप र शो रुममा बस्ने कर्मचारीहरुले आफनो रोजगारी समेत गुमाउने अवस्थाआउने भएकोले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन नाडाले राखेको निम्नसुझावहरुलाई तत्कालैसम्बोधनगरी व्यवसाय मैत्री नीति ल्याउनेछ भन्ने गहिरो अपेक्षा राखेका छौ ।
मौद्रिक नीतिको धारा ७९ को ख मा निर्माण व्यवसायलाई कर्जा सूचना सम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसुचीमा समावेश नगर्ने भनिएको छ । यस्तो नीतिले व्यवसायीहरु अन्योलमा परको छन । यसले हेवी इकयूपमेण्ट, ट्रक, टिपर, पार्टस लुव्रिकेण्टस, टायर र व्याट्रीहरु जुन उधारोमा दिइएको हुन्छ त्यसैलेयसलाई कालोसूचिमा नै राख्नेव्यवस्था गरिनुपर्छ किनकी यस्तो नगरिएमा यी सवै खराब कर्जामा परिणत हुनेछन् । यस्तो व्यवस्थाले व्यवसायीहरु ठूलो समस्यामा फस्ने भएकोले कुनै पनि सामान बिक्रि गरे पश्चात लिएको चेकको हकमा मात्र यस्तो व्यवस्था लागु गरिनु पर्ने भएकोले यसतर्फ नेपाल राष्ट्र बैंकले तत्कालै सुधार गर्नु पर्ने देखिन्छ ।
१ पेट्रोल र डिजले बाट चल्नेसवारी साधनहरुलाई बकैहरुबाट हायर पर्चेस लोन प्रबाह गर्ने प्रकृयामा लोन टु भ्यालु रेसियो लोन प्रबाह गर्ने पक्रियामा लै ५०% बाट बढाएर ७५% मा पुर्याउनु पर्ने ।
२. पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छुट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने
३. चालु पुजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले यसलाई सच्याउदै पनि आएकोछ । तर पनि यसलेअझै पनि व्यवसायीहरुलाई समस्यामा परेको छ । यो लागुभएको मिति पछी कर्जा लिएकाहरुलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने ।
४. कालो सुचिमा परेको व्यक्तीहरुले पनि अन्य बैकहरुबाट आफनो कारोवार गरिरहको देखिएकोले कालो सुचिमा परेका व्यक्ती वा कम्पनीमाथीको कारवाही ज्यादै फितलो हुने गरेको देखिएकाले नेपाल राष्ट्र बङ्कै ले यस नियमलाई कडाइकासाथ लागुगर्नुपने।
५. नेपाल राष्ट्र बैंकलेपेट्रोल, डिजेल र विद्युितय शक्तिबाट चल्नेनीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरिदिनु पर्ने । त्यसैगरी कुनै पनि क्षेत्रमा ५५ भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स् गर्न मिल्दैन । व्यावसायीक महत्वका माइक्रोबस र नीजि प्रयोजनका कार एउटैक्षेत्र अन्तरगत पर्ने हुदा धेरै बैंकहरुले डिजेल पेट्रोलबाट चल्ने नीजि कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्ने ।
६. घरपरिवारको आम्दानी सामान्यतया घरका धरेै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । अर्थात घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात – (डेविट सर्भिस टु ग्रोस इनकम रेसियो) लाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनुपर्ने । र
७. नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायीक महत्वका सवारी साधनहरुलाई छट्याउनु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आज सातै प्रदेशमा पानी पर्ने सम्भावना, यस्तो छ मौसम विवरण
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान



ट्रेन्डिङ
खबरमुकाम





