काठमाडौं । नेपालको सबैभन्दा ठूलो हेयर केयर ब्रान्ड, सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी तथा फेसन विधाहरूका ट्यालेन्टहरूलाई स्पट लाइट गर्ने एक जीवन्त अवार्ड समारोह, सनसिल्क प्रीजेन्ट्स क्रिएटर अनर्स प्रस्तुत गरेको छ ।
यो कार्यक्रमले लाइफस्टाइल, ब्युटी र फेसन उद्योगबाट विभिन्न सहभागीहरूलाई एकै ठाउँमा ल्याएर आफ्ना सीपहरू प्रदर्शन गर्न इन्फ्लुएन्सरहरूको लागि एक अद्वितीय प्लेटफर्मको रूपमा प्रस्तुत भएको छ ।
क्रिएटर अनर्सको उद्देश्य उदीयमान र स्थापित इन्फ्लुएन्सरहरूलाई उत्प्रेरित गर्ने र उचाल्नु रहेको थियो र उनीहरूलाई चम्कने अवसर प्रदान गर्दै तिनीहरूको रचनात्मक प्रयासहरूलाई मान्यता दिनु रहेको कम्पनीले जनाएकाे छ ।
यस वर्षको क्रिएटर अनर्सको शीर्षक प्रायोजकको रूपमा, सनसिल्कले जीवनशैली र फेसन विधामा उत्कृष्ट प्रदर्शन गर्ने इन्फ्लुएन्सरहरूलाई मान्यता दियो ।
सनसिल्कको संलग्नताले नयाँ सम्भाव्यताहरू खोल्ने र विस्तार गर्ने, र कसैको पूर्ण क्षमतालाई बाहिर निकाल्ने ब्रान्डको मिशनलाई जोड दिन्छ। दुवै ब्रान्ड र समारोहले इन्फ्लुएन्सरहरूको प्रयासको कदर गर्ने, सीमाहरू तोड्ने, र इन्फ्लुएन्सरहरूको रचनात्मकतालाई बढावा दिने प्रतिवद्धता साझा गर्दछ ।
यस अवार्ड समारोहको ग्रान्ड फिनाले असार २४, २०८१ मा आफ्नो आकर्षक वातावरण र दृश्यका लागि परिचित, पेन्टहाउस रुफटप बार एण्ड लाउन्जमा भएको थियो। विभिन्न विधामा विजेता घोषणा भएपछि साँझ उत्साहले भरिएको थियो ।
प्रत्येक विधाका विजेताहरू को–को छन् ?
राइजिंग स्टार – स्वीटी डङ्गोल
सनसिल्क बर्न टु साइन – सिम्रन श्रेष्ठ
सनसिल्क बर्न टु साइन – सिम्रन श्रेष्ठ
बेस्ट ब्राण्ड कोलाबोरेसन् – विजया प्रधान
बेस्ट युज अफ ट्रेन्ड – सिद्धार्थ तामाङ
बेस्ट अडियो/भिजुवल – करिश्मा श्रेष्ठ
फलोवर लभ – प्रजिता श्रेष्ठ
कार्यक्रमले यी प्रतिभाशाली व्यक्तिहरूको उपलब्धिलाई मान्यता मात्र होइन, सञ्जाल र प्रेरणाको लागि एक प्लेटफर्म पनि प्रदान गर्यो, जसले नेपालमा इन्फ्लुएन्सर समुदायलाई समर्थन र उत्थान गर्ने सनसिल्कको समर्पणलाई थप बलियो बनाएकाे कम्पनीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
- कांग्रेस फुट्ने पक्का, देउवा पक्षले बनायो राष्ट्रिय भेला आयोजक समिति
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

ट्रेन्डिङ
खबरमुकाम







