काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट मनोनीत भई सिटिजन्स क्यापिटलको अध्यक्ष रहेका पारसकुमार काफ्लेको निधनका कारण रिक्त पदमा यही १३ गतेको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।
साथै, उक्त बैठकले नारायणराज अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको छ । उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट अन्य सञ्चालक प्रमेशराज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवास खड्का, स्वतन्त्र संचालकहरू अभिजित मुल, ज्योत्सना बोहरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति थियो ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) , धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीको सह-लगानी छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।
काठमाडौं बाहिरका लगानीकर्ताहरूले पूँजीबजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न समस्या समाधानका लागि संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरका शाखा कार्यालबाट प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्तालाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा दिइँदै आइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







