काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
छुट्टा-छुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रमुखहरुद्वारा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
मुस्ताङ्ग जिल्ला नेपालको गण्डकी प्रदेश धौलागिरी अन्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको नामबाट चिनिने यो जिल्ला धौेलागिरी र निलगिरी दुई अग्ला हिमशिखर को बिचमा अवस्थित छ । प्राकृतिक,साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण मुस्ताङ्ग जिल्ला नेपालको हिमाली जिल्लाको रुपमा पनि प्रख्यात छ ।
अलौकिक रुपको सुन्दरता बोकेको यस जिल्ला देख्नमा पनि अन्य भन्दा अलि भिन्न किसिमको छ । मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम,मार्फा, ढुम्बाताल,लेते जस्ता प्राकृतिक एवम् लोमान्थाङ्ग जस्ता साँस्कृतिक रुपमा परिचित मुस्ताङ्ग स्याऊ,आलु फापर, सिमि जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ ।
विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारि को ईतिहास बोकेको एक रमणिय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङ्ग जिल्ला चिन्न सकिन्छ भने अन्नपूर्ण पदयात्रा,थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रुपमा पनि लिन सकिन्छ । बिभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । बिश्वमै अति दुर्लभ हिमचितुवा, च्यांग्रा, भेडा, चौरि गाई ,घोडा जस्ता जनावरहरु देख्न सकिन्छ भने विभिन्न जातिका भेषभुषा सजिएर तस्विर खिचाउने यहाँका पर्यटकका लागि अर्को रोचक विषय पनि हो ।
सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवास तथा खानामा १०% सम्मका छुटहरु प्राप्त गर्नसकिने छ । सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छ: Hotel De Purang Muktinath, Eurika Inn Muktinath, Hotel Grand Sambala , Muktinath Hotel Sunrise, Jomsom Airport. Hotel Mandala, Lomanthang, Hotel Trivatika, Lomanthang, Eco Hill Resort, Tukuche, Holiday Camp, Hotel Tangsra Kowang , Lumbini and Restaurant, Tsarang, See You Lodge, and Restaurant Lete and Marpha Orchard Hote Marpha.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आज सातै प्रदेशमा पानी पर्ने सम्भावना, यस्तो छ मौसम विवरण
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान



ट्रेन्डिङ
खबरमुकाम





