प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुर मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्य द्घारा हस्ताक्षर गरियो ।
सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
उक्त समारोहमा बिशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो । स्तन सम्बन्धि क्यान्सर का डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सर की डा.अनु बज्राचार्य ले चेतना मुलक सन्देश प्रस्तुत गर्नुभएको थियो भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







