प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक (Front Office) सुवास कार्की द्घारा हस्ताक्षर गरियो ।
सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
चण्डेश्वरी, धनेश्वर,देवीस्थान, गौखुरेश्वर,नमोबुद्ध,बेथानचोक नारायण,गोसाईकुण्ड(काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश,जुगल जस्ता अन्य बिभिन्न हिमश्रीन्खलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ । काठमाण्डौको कोलाहल बाट केहीबेर बाहिर निस्कन र रमाईलो गर्नका लागि यो एक उत्तम स्थान हो ।
आन्तरिक एवंम बाह्य पर्यटकका लागी काभ्रे जिल्ला अति उत्तम र रमणिय स्थलको रुपमा प्रख्यात छ । बिहानको सुर्यको उदय देखी साँझको अस्थायको सुर्यास्थको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







