विश्व वातावरण दिवसका अवसरमा मिति २०८१/०२/१९ शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंक लि. ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेको व्यवहोरा जानकारी गराइन्छ । सो साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले मिति २०८१ जेष्ठ १६ गते सम्मा यस लिंक https://www.shangrilabank.com/cyclerally/ मा निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्नुहुन अनुरोध गर्दछौं।
उक्त साइकल र्याली मिति २०८१ जेष्ठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने व्यवहोरा समेत जानकारी गराइन्छ ।
यस साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंक लि ले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु र्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment ” भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बंैकले निरन्तरता दिदैं जाने जानकारी गराइन्छ ।
सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ । विगत वर्षहरुमाझै यस वर्षको तेस्रो साइकल र्याली समेत भब्य रुपमा समापन हुने कुरामा बैंक विश्वस्थ रहेको जानकारी गराउदछौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा
- नेपाल टेलिकमद्वारा महशुल तिर्न बाँकी ग्राहकका लागि छुटको व्यवस्था
- आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य

ट्रेन्डिङ
खबरमुकाम







