मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उहाँले बैंक स्थापना तथा बृद्धिको लागि गर्नु भएको योगदानको चर्चा गरिएको थियो ।
विभिन्न व्यवधानहरु र चुनौतीहरुको सामना गर्दै स्याङ्गजा जिल्लामा स्थानीय व्यक्तिहरुलाई समेटेर बैंक सञ्चालनमा ल्याउनु, जनविश्वास आर्जन गर्नु र फरक शैली तथा सेवाहरु सहित बैंकको व्यवसायलाई विस्तार गर्नु आफैमा कठिन काम थियो । तथापी, सञ्चालक समितिमा उहाँको कुशल नेतृत्वले बैंकलाई नयाँ उचाईमा लैजान सफल हुनु भएको थियो ।
संस्थापक अध्यक्ष रेग्मीको २०८१ जेठ ०१ गते मंगलबार बिहान ५ बजे आफ्नै निवास, स्याङ्गजामा निधन भएको छ । उहाँ लामो समयदेखि बिरामी भई उपचाररत हुनुहुन्थ्यो । वि.सं.२००६ साल साउन १५ गते भिरकोट नगरपालिका वडा नं.–७, (साविक खिलुङ गा.वि.स.वडा नं.–२) स्याङ्गजामा पिता देविप्रसाद रेग्मी र माता नोमा कुमारी रेग्मीको कोखबाट जन्मनु भएको उहाँ करिव २३ वर्ष शिक्षण पेशामा विताउनुको साथै समाज सेवामा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँ स्याङ्गजा जिल्लाको शैक्षिक, सामाजिक तथा आर्थिक विकासमा अतुलनीय योगदान दिने ब्यक्तिको रुपमा चिनिनु हुन्छ । आफ्नो जीवनको सम्पूर्ण समय समाज र जनताको हकहितमा बिताउनु भएका उहाँ स्वच्छ छबी भएका सामाजिक ब्यक्तिको रुपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँको आजै साँझ स्याङ्गजाको राम्दीमा हिन्दु परम्परा अनुसार अन्त्यष्ठी भएको छ ।
यस दुःखद घडिमा मुक्तिनाथ विकास बैंक परिवारले संस्थापक अध्यक्ष स्वर्गीय रेग्मी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजन तथा आफन्तहरुमा गहिरो समवेदना व्यक्त गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







