खबरमुकाम । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनज्यूले गरेकी हुन् ।
बैंकको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन गर्दै गौचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश पारिन् ।
प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन् । बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक
- बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न कपन साहित्य समाजको माग
- ‘इको टुरिजम’ विकास गरिएपछि पर्यटकको रोजाइमा परेको हात्तीदह सिमसार
- भेडेटारमा एक पटकमा दुई सय जना हिँड्न स्काइ वाक निर्माण अन्तिम चरणमा
- वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूराः २० हजार मेट्रिक टन बढी फोहर व्यवस्थापन
- DTMX977 च्याम्पियनसिप सिरिज फिनाले: डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
- तीन दशकअघिको मधेश चिनाउँदै मण्डलले गरे ‘कल्चरल भिलेज’ सञ्चालन
- वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न पर्यटन मन्त्री तामाङको निर्देशन