काठमाडौँ। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले लिलाम बढाबढ प्रकियाद्वारा ४ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०६ रुपैयाँ तोकिएको छ । संस्थापक शेयरहरु खरिद गर्ने इच्छुक जो कोही व्यक्ति संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् ।
बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि १ हजारको गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले बैशाख ११ गतेभित्र कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा पुग्ने गरी आवेदन दिन सकिने छ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ ।
धेरै केरमेट भई कबुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







