काठमाडौं । हिमाल आरोहणमा जाने आरोहीले लिएको अनुमतिबाट सरकारले ३४ करोड ४३ लाख ९९ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बुधबार सार्वजनिक गरेको १ मार्चदेखि १० अप्रिलसम्मको तथ्यांक अनुसार कुल ५१२ आरोहीले विभिन्न १९ वटा हिमालको आरोहण अनुमति लिएका छन । अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथाको लागि छ ।
सगरमाथाको लागि हालसम्म १८ वटा समूहका २०९ जना आरोहीले अनुमति लिएका छन । उनीहरुले लिएको अनुमतिबाट सरकारलाई २९ करोड ७५ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ ।
सगरमाथा जान समूहले ११ हजार डलर र व्यक्तिगत रुपमा १० हजार डलर रोयल्टी शुल्क लाग्छ । यो सगरमाथा आरोहणमा जान अरु हिमालमा भन्दा बढी आकर्षण हुने र शाखः समेत बढ्ने भएकोले पनि बढी चाप हुने गरेको छ ।
सगरमाथा आरोहणका लागि हालसम्म विभिन्न ४० देशका २०९ आरोहीले अनुमति लिएको विभागले जानकारी दिएको छ । विभागको तथ्यांक अनुसार हालसम्म सगरमाथा आरोहको अनुमति लिनेमा ३९ महिला र १७० पुरुष छन् ।
सगरमाथा आरोहण गर्न चाहनेमा सबैभन्दा बढी अमेरिकी नागरीकको चासो छ । अमेरिकाबाट ४४ जनाले सगरमाथा आरोहण जान अनुमति लिएको विभागले जानकारी दिएको छ । त्यसपछि देशअनुसार बढी चासो हुनेमा चीनबाट २२ जना, जापानबाट १८ जना र रसियाबाट १६ जना छन । अरु देशबाट भने १ देखि १३ जनासम्मले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथापछि बढी आकर्षको हिमाल आमादब्लम हो । यो हिमाल आरोहण गर्न हालसम्म ६ टिमबाट ६६ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री डा. वाग्लेले उद्घाटन गरे नेपाल बैंकको अत्याधुनिक भवन
- नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच सहकार्यको सम्झौता
- कामना सेवा विकास बैकद्धारा विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने



ट्रेन्डिङ
खबरमुकाम






