काठमाडौं । पर्यटकीय सिन शुरु भएसँगै नेपालमा पर्यटक आगमन २८ प्रतिशतले बढेको छ । सन् २०२४ को मार्चमा नेपालमा सवा लाख पर्यटक आएका छन् ।
नेपालमा पर्वतीय पर्यटनको सिनज शुरु भएको छ । पर्वतारोहण, पदयात्रा तथा दृश्यावलोकनमा आउनेका लागि मार्च महिनादेखि नै पर्यटकीय सिजन शुरु भएकोले आगमन बढेको देखिएको छ ।
अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा एसियाली मुलुक (सार्क)बाट ४० हजार ७२८ पर्यटक आएका छन । नेपालमा भित्रने पर्यटकमा यही समूह अन्तर्गत भारतबाट सबैभन्दा बढी पर्यटक आएका छन् । भारतबा एकै महिनामा ३० हजार ६९८ जना पर्यटक आएको तथ्यांकले देखाएको छ ।
नेपाल आउने पर्यटकको दोस्रो सूचीमा चीन छ । चीनबाट मार्च महिनामा १२ हजार ९३ जना पर्यटक नेपाल आएका छन् । नेपाल आउने खर्चालु पर्यटक मानिने अमेरिकाबाट १० हजार ७६३ आएका छन ।
युरोपेली मुलुकबाट २७ हजार पर्यटक मार्च महिनामा नेपाल घुम्न आएको तथ्यांकले देखाउँछ । युरोपबाट नेपाल आउने पर्यटकमा सबैभन्दा बढी जर्मनीबाट ५ हजार २६३ जना आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






