इनरुवा । इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण सुरु गरिएको छ । दैनिक रुपमा आउने जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी त्रसित तथा रातभर जाग्राम बस्न बाध्य भएपछि पर्खाल निर्माण सुरु गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
इटहरी– २ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् । जङ्गली हात्तीको समूहले स्थानीयवासीको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति गर्ने गरेको छ ।
स्थानीयलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित इटहरी–२ मा पूर्व ६ फिट अग्लो पर्खाल बनाउन सुरु गरेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






