गण्डकी । माछापुच्छ्रे फेवातालमा डुबुल्की मार्ने प्रकृतिको वरदान विश्वकै पर्यटकीयस्थल पोखरा कलाका क्षेत्रमा पानी रङको सहर हो भने अन्य साहित्य सिर्जनाको प्रेरक गन्तव्य होभन्दा अत्युक्ति हुँदैन । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वको जन्मथलोसमेतले यो साहित्यिक पर्यटनको पनि विशष्टि गन्तव्य हो भनेर चिनाएको छ ।
पुराना मात्र नभई पछिल्ला पुस्ताका दर्जनौँ कवि, कवयत्री र कलाकार पोखराले जन्माएको छ । नेपाली साहित्यका क्षेत्रमा स्थापित सरुभक्त, तीर्थ श्रेष्ठ हुँदै पछिल्लो पुस्ताका उदयमान कवि तथा कवयत्रीका कारण यहाँको साहित्यिक गरिमा र महत्व चुलिएको छ । साहित्य केवल इच्छुकले रचना गर्ने, पारखीबीच सुन्ने सुनाउने र ताली बजाउने मात्र नभई यसको पनि मूल्य हुन्छ भन्ने कुरालाई स्थापित गर्न पोखरेली साहित्यकाले सुरु गरेका टिकटमा मुक्तक अभियान होस् वा साहित्यको जगेर्नाका लागि यहाँबाट गरिएका प्रयासले राष्ट्रव्यापी चर्चा पाउँदै आएका छन् । सिर्जनाको मूल्य हुन्छ है भन्ने
सन्देशलाई साहित्यका क्षेत्रमा स्थापित गराउन विसं २०३५ माघ २० गते पोखरामा पहिलो पटक टिकटमा मुक्तक कार्यक्रम सम्पन्न भएको थियो । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा तत्कालीन समयमा दुई रुपैयाँको टिकटदेखि सुरु गरिएको उक्त कार्यक्रम साहित्यक क्षेत्रको गौरवमय इतिहास बनेको परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । मुक्तकको कुम्भमेलाका रुपमा लिइने यो अभियान तत्कालीन पञ्चायती शासनभर नियमित सञ्चालन भएको उनले बताए ।
पछिल्ला समयमा यसले नियमितता नपाए पनि विभिन्न सन्दर्भ विशेषमा उल्लेख गर्दै आइएको बताउँदै पौडेलले ४५ वर्षपछि विशेष समारोहकाबीच टिकटमा मुक्तक शनिबार पोखराको उद्योग वाणिज्य सङ्घको सभाहलमा भव्यताका साथ सम्पन्न भएको जानकारी दिए । “विसं २०३५ माघ २० गते टिकटमा मुक्तक कार्यक्रम भएकै दिन पारेर यस वर्ष पनि माघ २० मा नै पुनःएक नयाँ शृङ्खला जोड्न खोजेका हौँ”, उनले भन्नुभयो, “टिकटमा मुक्तक कार्यक्रमले सिर्जनाको पनि मूल्य हुन्छ भन्ने मान्यता स्थापित गर्दै स्रष्टाका रचना र वाचन टिकटमा सुन्नुपर्ने संस्कारलाई संस्थागत गरेको छ ।”
मुक्तक हेर्नका लागि एक सय, दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका टिकट राखिएकामा छ सय ५० वटा टिकट बिक्री भएको अध्यक्ष पौडेलले जानकारी दिए । संस्थाले नेपाली साहित्यका क्षेत्रमा स्थापित एवं नवोदित गरी ३१ जना मुक्तककारका मुक्तकलाई समावेश गर्न खोजे पनि स्वास्थ्य एवं कार्यव्यस्तता कारण दुई जना उपस्थित हुन नसकेपछि २९ जनाले मुक्तक सुनाएका थिए । साहित्यकार सरुभक्त, बुँद राना, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेलगायत कास्की, तनहुँ, लमजुङ, पर्वत, गुल्मी, काठमाडौँ र भैरहवाबाट सहभागी मुक्तककारले जनही तीन तीन वटा मुक्त, वाचन गरिरहँदा कतिपय मुक्तक सहगागी स्रोताको बढ्दो मागसँगै दुई÷दुई पटक सुनाउनुपरेको थियो ।
साहित्यका सरुभक्तले ४५ वर्षअघि यही ठाउँमा भवन नभएका अवस्थामा टिकटमा मुक्तक कार्यक्रम गरेको अनुभव सुनाउँदै त्यसले मुक्तक सुन्न पोखरा जाऔँ भन्ने आहान बनेको बताए । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्राकृतिकरुपमा मात्र नभई कला, संस्कृति र साहित्यका क्षेत्रमा अग्रणी रहेको बताए ।
कार्यक्रमका अवसरमा नेपाल मुक्तक प्रतिष्ठानकोतर्फबाट रु ५१ हजारसहित साहित्यकार सरुभक्तलाई भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






