आइएमई पे “एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड“ बाट सम्मानित

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्डू’बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । 

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन , नेतृत्वदायी जनशक्ति ब्यवस्थापन , सहज ग्राहक सेवा , वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको रुपमा लिएको बताए ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डलमार्फत मूल्यांकन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ । 

आइएमई पे को बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

 नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै