काठमाडौँ । आज बिहीवार पनि नेप्सेमा गिरावट आएको छ । यसैक्रमममा साताको अन्तिम दिन आज बजार ३.९४ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८४.०९ अंकमा झरेको छ ।
आज ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज परिसूचकमा सामान्य गिरावट आउँदा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४१ वटा कम्पनीको मूल्य घट्दा १५ वटा कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै, सिटिजन्स म्यूचुअल फण्ड–२ को सेयर मूल्य ५.०३ प्रतिशतले घट्दा हिमालयन रि इन्स्योरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो सबैभन्दा बढी हो ।
परिसूचक घटेपनि आज ५ वटा समूहको सूचकमा भने सुधार आएको छ । व्यापार समूह १४.६५ अंकले बढ्दा म्यूचुअल फण्ड समूह ०.०१ अंक र वित्त समूह २.६५ अंकले बढेको छ । यस्तै, विकास बैंक समूह ५.९५ अंकले बढ्दा बैंक समूहको सूचक २.२६ अंकले बढेको छ ।
६ वटा समूह बढेपनि ७ समूहमा भने गिरावट आएको छ । जसमध्ये होटल र टुरिजम समूहमा ५८ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहको सूचकमा ४७ अंक र जीवन बीमा समूहको सूचकमा ४५ अंकको गिरावट आएको छ ।
पछिल्लो समय निरन्तररुपमा सेयर बजार परिसूचक घट्दै आएको छ । आजसहित नेप्सेमा यो लगातार ७औँ दिनको गिरावट हो । ७ दिनको अवधिमा ९१.०५ अंकको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको खराब प्रतिवेदन सार्वजनिक भएयता बजार निरन्तर ओरालो अवस्थामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







