काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो । यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो ।
आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता शेयर एक लाख १७ हजार पाँच सय ७७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ बराबरको कारोबार भएको छ ।
विकास बैंक समूहको उपसूचक शून्य दशमलव ०७, वित्त समूह शून्य दशमलव २८, होटल तथा पर्यटन समूह चार दशमलव ७४, लगानी समूह शून्य दशमलव ३६, निर्जीवन बीमा समूह शून्य दशमलव ७३ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ समूह शून्य दशमलव ४२, जलविद्युत् शून्य दशमलव ५८, जीवन बीमा समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३, लघुवित्त समूह शून्य दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव २१ र व्यापार समूह शून्य दशमलव ८६ प्रतिशतले घटेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा छ दशमलव २० प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लिमिटेडको रु ५५ करोड नौ लाख ८० हजार सात सय ८५ बराबरको आठ लाख ४१ हजार २२ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







