सुर्खेत । आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको संघको २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले पुनः चेतन कुमार थानी सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यस्तै, साधरण सभाले संघको वरिष्ठ उपाध्यक्षमा विजय भण्डारी ,उपाध्यक्षमा रेशम प्रसाद ढकाल,महासचिवमा मदनकृष्ण सुवेदी,सचिवमा नवराज ढकाल, कोषाध्यक्षमा सुमन लामिछानेलाई निर्वाचित गरेको छ ।
संघको कार्यसमिति सदस्यहरुमा नवराज ढकाल, बिजय अग्रहरी, गंगादत्त बडु, अशोककुमार शाही,मदनबहादुर थापा, केशव वि.सी., राजेन्द्रप्रसाद सुवेदी , राजकुमार पौडेल, दिलिपकुमार थापामगर, शेरबहादुर अधिकारी, मान सिंह कुमाल, टेक बहादुर जि.सी सर्वसम्मत निर्वाचित भएका छन ।
संघको अध्यक्षमा निर्वाचित अध्यक्ष थानीले मुलुकमा देखिएको आर्थिक संकुचनको कारण व्यवसाय पलायन हुने अवस्था आएको बताए । उनले ट्रक तथा ट्याक्टर व्यवसायीहरुको लगानी सुरक्षाका लागि सरकारले विशेष पहल गर्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘पछिल्लो समय देशमा देखिएको आर्थिक संकुचनको प्रभाव ट्रक तथा ट्याक्टर व्यवसायमा पनि गरेको छ । यो समस्याको कारण व्यवसायबाट नै पलायन हुन अवस्था सिर्जना भएको छ ।’ उनले आफ्नो कार्यकालमा व्यवसायीहरुको लगानी सुरक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ ।
२०५४ सालमा स्थापना भएको मध्य पश्चिम अञ्चल ट्रक तथा टेक्टर व्यवसायी समितिमा २१६ सवारी साधन रहेको छ भने तीन सय भन्दा बढी व्यवसायीहरु आवद्ध रहेका छन । संघको साधरण सभा कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री माननिय मंगल बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा ५ लाख कित्ता निष्काशनका बिक्री प्रबन्धक नियुक्त
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा

ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
