फिदिम । सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ ।
सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वा लगायतले अभिनय गरेका छन् ।
रोशा हाङसरुम्बा लिम्बू र सन्दिप तुम्रोकको निर्माण रहेको भिडियोलाई पाँचथरको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको छ। भिडियोको छायाङ्कन तथा सम्पादन बरदान लिम्बू इङ्वाले गरेका हुन्। श्रृङ्गार ज्योति बेघा लिम्बूको रहेको छ ।
त्रिकोणात्मक प्रेमकथा देखाइएको भिडियोमा प्रेम र विश्वासलाई कसैले कुल्चिन नहुने सन्देश रहेको निर्देशक सुब्बाले बताए । सेवा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको एरेन्ज कृष्णभक्त राईको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






