काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहारा एकेडेमी पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई विगत वर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोगस्वरुप रु. २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ।
बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे। सिग्देलले सहारा एकेडेमीमा आश्रित बालबालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए। सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोले सञ्चालक सिग्देलले क्लबको प्रशंसा गरे।
लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए।
कार्यक्रममा बैंकका मुख्य प्रबन्धक तथा बजार व्यवस्थापन विभाग प्रमुख दिपक खनाल, छोरेपाटन शाखाका प्रबन्धक प्रकाश चन्द्र पहारी, न्युरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, लेकसाइड शाखाका प्रबन्धक महेन्द्र कुमार श्रेष्ठ, महेन्द्रपुल शाखा प्रबन्धक गोपीराज अधिकारी, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्वअध्यक्ष विक्रम थकालीलगायत सरोकारवालाको उपस्थिति थियो।
एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन्। सहारा क्लब पोखराले उनीहरुको लालनपालन र शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ। क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुईगुणादेखि दसगुणासम्म हुने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य
- प्रतिनिधिसभा बैठक आज, पाँच विधेयक प्रस्तुत हुने
- ‘अमेरिकासँग प्रशस्त गोला–बारुद छ, सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ’
- आज पनि देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने
- आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? यस्तो छ विनिमयदर

ट्रेन्डिङ
खबरमुकाम







