मङ्गलबारे । इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धानका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ ।
इलाम नगरपालिका–१ साँखेजुङका तीनजना दाहाल बन्धुहरूले यसका लागि निःशुल्क जग्गादान गरेका छन् । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ । इलाममा चिया उत्पादन हुन थालेको करिब एक सय ६० वर्षपछि चिया अनुसन्धानका लागि केन्द्र स्थापना हुने भएको हो । यसले जिल्लाका किसानमा खुसी छाएको छ । जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु भएको छ । जसमा पहिलो चरणमा भवन निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ । सो स्थानमा भवन निर्माणका लागि ठेक्का समेत लागिसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । चिया प्रशोधनतर्फ रु २० लाखबराबरको रकमबाट काम भइरहेको छ ।
अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका–१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । स्थानीय रेतनाथ दाहालले १३ रेपनी), मित्र दाहालले १४ रोपनी तथा देवी दाहालले १५ रोपनी जग्गा हस्तान्तरण गरेको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिए ।
पहिलो चरणमा पर्खालका लागि तारबार र कार्यालय भवन निर्माण गरिने छ । अनुसन्धान केन्द्रका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक पर्ने बताइएको छ । बयालीस रोपनी जग्गा प्राप्त भइसकेको र अब थप ५२ रोपनी जग्गा आवश्यकता छ । अन्य जग्गादाताले अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने जमिनसमेत उपलव्ध गराउन पहल भइरहेको प्रवक्ता दुलालको भनाइ छ ।
इलाममा धेरै किसान चियामा आत्मनिर्भर छन् । उत्तिकै सङ्ख्यामा अलैँची किसानसमेत छन् । विदेशी मुद्रा आजर्न गर्ने नगदेबालीमा पर्ने अलैँची र चियाको विकासका लागि एकैसाथ काम भइरहेको इलाम नगरपालिकाका प्रमुख थापाको भनाइ छ । नगरपालिकाले कृषिलाई प्राथमिकतामा दिएअनुसार नै केन्द्र स्थापना गर्न लागिएको हो ।
महँगो मूल्यमा अलैँची बिक्री भए पनि अलैँची मासिने क्रम नरोकिएकाले यसको खेती गर्ने किसानको सङ्ख्यामा कमी हुँदै गएको छ । अलैँचीको अनुसन्धानसमेत यहीँ गरिने भएपछि अब यससँग सम्बन्धित किसानको सङ्ख्या बढ्ने अपेक्षा छ । विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो । केन्द्र स्थापना हुने भएपछि यहाँका किसानमा उत्साह थपिएको छ ।
चिया किसान किशोर खतिवडाले केन्द्र स्थापनापछि बीचबीचमा चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । उनले हाल चिया प्राविधिकसमेत सिकिरहेको बताए । यसले प्राविधिकलाई थप दक्ष बनाउन मद्दत मिल्ने छ । अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वरभूमि मानिन्छ । इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ । स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य
- प्रतिनिधिसभा बैठक आज, पाँच विधेयक प्रस्तुत हुने
- ‘अमेरिकासँग प्रशस्त गोला–बारुद छ, सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ’
- आज पनि देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने
- आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? यस्तो छ विनिमयदर

ट्रेन्डिङ
खबरमुकाम







