काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले १७ औं वर्ष पार गरी १८ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ । यसै अवसरमा बैंकले बृहत रक्तदान, विभिन्न सामाजिक कार्यहरु र बैंकमा १० वर्ष भन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महाबीर पुन द्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्र लाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाईकलको लागि रु ५ लाखको आर्थिक सहयोगका गरेको छ । यसै गरी बैंकका क्षेत्रीय कार्यालय र केन्द«ीय कार्यालयमा संचालित बृहत रक्तदान कार्यक्रम मार्फत १६६ युनिट रगत संकलन गरेको छ । यस अवशरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरु मार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, दृष्टिविहिन नागरिकहरुलाई सेतो छडी वितरण, अनाथलय, बाल आस्रम तथा बृद्धा आस्राममा विभिन्न सामाग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु संचालन गरेको छ ।
साथै, बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु , संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थितिमा संचालन भएको उक्त समारोहमा बैंकका अध्यक्ष भरत राज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







