धादिङ । धादिङ जिल्लाका विभिन्न विद्यालयमा सुरबी फाउण्डेशनद्वारा न्यानो कपडा वितरण गरिएको छ । धादिङको विभिन्न पालिकामा सुरबी फाउण्डेशनद्वारा न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो । कृषि बैंक लिमिटेड र हरी ओम फाउण्डेशन ललितपुरको समेत सयुक्त सहयोगमा जिल्लाका विभिन्न विद्यालयमा न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो ।
बढ्दो चिसोका कारण विद्यार्थीहरुमा समस्या नहोस भन्ने उद्देश्य न्यानोे कपडा (ज्याकेट) वितरण गरिएको फाउण्डेशन अध्यक्ष कविन शाक्यले बताएका छन् ।
विद्यालयहरूमा पुगि फाउण्डेशनका अध्यक्ष कविन शाक्य र फाउण्डेशनका प्रमुख सल्लाहकार सरोज गर्तौलाको नेतृत्वमा वितरण गरिएको हो । सहयोग प्राप्त गर्ने विद्यालयहरुमा धूनिवेशी–७ मा रहेको चण्डेश्वरी आधारभूत विद्यालयलार्ई १०० थान, थाक्रे ६ मा रहेको सेतीदेवी माध्यमिक विद्यालय ६६ थान, गजूरी –७ मा रहेको पन्चकन्या आधारभूत विद्यालयलार्ई ११० थान, सिद्धलेकमा रहेको महाकाली आधारभूत विद्यालयलार्ई ३० थान र गल्छी ३ मूलावरीमा रहेकोे धादिङ्ग आधारभूत विद्यालयलाई ६१ थान डाउन ज्याकेट वितरण गरिएको हो ।
जाडोको समयमा न्यानो कपडा लगाउन पाउदा बिद्यार्थीहरु खुशी भएका छन् । भोलिका दिनहरुमा पनि गरिब, मेहेनती र जेहेन्दार बिद्यार्थीलाई छात्रवृति समेत प्रदान गर्ने फाउण्डेशनका अध्यक्ष शाक्यले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






