काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति गर्दा कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा काठमाडौं जिल्ला अदालतले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा छोड्न आदेश दिएका अरु आरोपीहरु धरौटी रकम बुझाएर यसअघि नै रिहा भए पनि रकम बन्दोबस्त गर्न नसक्दा रिजालले ढिला गरी मात्र बुझाएका हुन् ।
केन्द्रीय कारागार कार्यालय स्रोतका अनुसार उनी सम्भवतः बुधबार रिहा हुनेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।
शरणार्थी प्रकरणका आरोपीसँग यी दुई निकायले पनि अनुसन्धान गरिरहेका छन् । तर सोमबार र मंगलबार सरकारी कार्यालय बिदा परेका कारण रिजाललाई सम्पत्ति शुद्धिकरण र अख्तियारमा बुझाउन नसकिने भएकाले थुनामै रहने केन्द्रीय कारागार स्रोतको भनाइ छ ।
‘आइतबार कार्यालय समय सकिएकाले सम्पत्ति शुद्धिकरणमा बुझाउन सकिएन, आज र भोलि सार्वजनिक बिदा भएकाले बुधबार मात्र बुझाउँछौं’, कारागार स्रोतले भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

ट्रेन्डिङ
खबरमुकाम







