काठमाडौं । आज साताको पहिलो कारोबारको दिन शेयर बजारमा सुधार आएको छ । आज नेप्सेमा झण्डै २८ अङ्कले वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७५ अङ्कले बढेर दुई हजार २२ दशमलव ३५ विन्दुमा पुगेको हो ।
आज व्यापार, म्युचुअल फण्ड र बैङ्किङबाहेक अरु सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहको शेयर साढे पाँच प्रतिशतले उकालो लागेको छ ।
आज १० वटा जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज हिमालय लघुवित्तको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले ओरालो लागेको छ । आज गएको असार यताकै सबैभन्दा धेरै कारोबार भएको छ ।
गएको असार १७ गतेपछि आज पहिलोपटक कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको हो । आज एक करोड ७१ हजार कित्ता शेयर पाँच अर्ब १५ करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






