काठमाडौं । दुई दिन ‘हेर्न नभ्याइने’मा परेको एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ ।
सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’मा परेपछि रिटको पेशी आजलाई सरेको हो ।
सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दाठूलो भ्रष्टाचार भएको दाबी गरेका छन् । सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




