काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १० अंकले घटेको नेप्से सूचक आज ३.३३ अंकले बढ्दै १८ सय ४१.०४ अंकमा उक्लिएको हो ।
तथापि, अघिल्लो दिनको तुलनामा आज कारोबार भने घटेको छ । ३.३३ अंकले नेप्से सूचक बढेको यस दिन १ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको ३७ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ ।
अघिल्लो दिन १० अंकले नेप्से घटेको बजारमा १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको थियो ।
आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निजीवन बीमा, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




