उदय सुब्बा निर्देशित फिल्म 'दुई कदम' को तेस्रो गीत सार्वजनिक भएको छ।
मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'ए मेरा बाबैनी' बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता इओन लिम्बुलाई फिचर्ड छन्। वर्षा फिल्मको यही गीतमा मात्रै देखिनेछिन्।
आशिष अविरल र निरूषा भट्टराईको स्वर रहेको गीतमा निरुषा भट्टराईको शब्द र आशिष अविरलको संगीत छ। कविराज गहतराजे कोरियोग्राफी गरेको गीतलाई सौरभ लामाले खिचेका हुन्।
अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ। फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, बिमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मालगायत कलाकारको अभिनय छ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन रहेको फिल्ममा विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ। फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।
यो फिल्म मंसिर १५ गतेदेखि प्रदर्शन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






