काठमाडौं । सरकारले यो वर्ष ५ लाख क्विन्टल धान किन्ने भएको छ । सरकारी खाद्यान्न भण्डारणमा पर्यप्त मात्रामा धान चामलको जोहो गर्न र किसानलाई उचित मूल्यको प्रत्याभूती गर्न धान खरिदलाई तीब्रता दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
कम्पनीले यस वर्ष एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको ५ लाख क्विन्टल धान खरिद गर्न सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले जानकारी दिए ।
‘हामीले धान खरिद सुरु गरिसकेका छौं,’ चन्दले भने, ‘एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको ५ लाख क्विन्टल धान खरिद गर्दैछौं ।’
गत वर्ष ढिलो धान खरिद गर्दा आलोचना भएपछि यस वर्ष बेलैमा धान खरिद गर्न थालेको र धान खरिदको परिमाण तथा सरकारी रकम पनि बढाइको कम्पनीले जनाएको छ ।
यस वर्ष दशैं लगत्तै प्रक्रिया सुरु गरेर सुदूरपश्चिमबाट धान खरिद सुरु गरेको कम्पनीले जनाएको छ । हाल महेन्द्रनगर, धनगढी राजापुरबाट धान खरिद भइरहेको कम्पनीको भनाइ छ । गत वर्ष ३ लाख क्विन्टल धान खरिदका लागि प्रक्रिया थाले पनि एक लाख ३४ हजमर क्विन्टल मात्रै धान खरिद गरेको थियो ।
सरकारले गत असारमा तोकेको न्यूनतम सर्मथन मूल्यमै धानको खरिद गरिरहेको कम्पनीले जनाएको छ ।
सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको थियो ।
धान किसानलाई प्रोत्साहन गर्न भन्दै पछिल्लो ३ वषर्न देखि प्रमुख धान खेती सुरु हुनु अगावै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






