काठमाडौँ । पोखरानजिकै छ सराङकोट । सराङकोटमा स्थित छ– ‘नयाँ गाउँ एड्भेन्चर फार्म रिसोर्ट’ । कुल ५७ रोपनी जमिनमा फैलिएको यस रिसोर्टले एउटा ग्रामीण बस्तीको झल्को दिन्छ । रिसोर्टले गाउँले संस्कृति झल्काउँछ र गाउँले माहोलमा रमाउने अवसर दिन्छ । रिसोर्टमा कृषि र एड्भेन्चर पनि छ । रिसोर्टभित्रै भैंसी, बाख्रा र कालिज पालिएको छ । मौरीपालन पनि छ । करिब पाँच रोपनी जमिनमा तरकारी खेती छ। रिसोर्टको भान्सामा पाक्ने अधिकांश तरकारी त्यहीँको हुन्छ ।
पोखरामा सञ्चालित होटल र रिसोर्टभन्दा नयाँ गाउँ एड्भेन्चर फार्म रिसोर्ट फरक छ । यहाँ पोखरामा हुने सबै खाले एड्भेन्चर समेट्ने प्रयास गरिएको छ ।
जंगलको बीचमा रहेको रिसोर्टमा स्वीङ, ट्री वाकिङ र रेनबो पुल छन् । बाघ बस्ने ओडार, लगायत प्राकृतिक गुफाहरू पनि छन् । रिसोर्टले यस्तो प्राकृतिक विविधताको संरक्षण र पर्यटकीय उपयोग गरेको छ ।
यो रिसोर्ट निर्माणको काम तीन वर्षअघि सुरू भएको हो । पाँच वर्षमा पूरा हुने गरी सुरू भएको काममा हालसम्म १० करोड रूपैयाँ लगानी भइसकेको छ। लगानी बढाउँदै सुविधा र एड्भेन्चर थप्ने योजना पनि छ । रिसोर्टमा जिपलाइन सञ्चालन तयारी हुँदैछ । यसपछि रक क्लाइम्बिङ, स्काई साइक्लिङ र रिभर्स बन्जी ९माथितिर उड्ने० चलाउने योजना छ ।
धेरै प्रकारका एड्भेन्चर सहितको रिसोर्टमा कुल एक अर्ब रूपैयाँ लगानी हुने अनुमान छ । पूर्ण प्राकृतिक र ग्रामीण परिवेशमा एकै ठाउँमा धेरै एड्भेन्चरको मजा लिन र खानबस्न पाउनु नै नयाँ गाउँ एड्भेन्चर फार्म रिसोर्टको मुख्य विशेषता हुनेछ । जंगलभित्रै योग गर्ने सुविधा पनि हुनेछ ।
हाल रिसोर्टमा फार्म र एड्भेन्चरसँगै वासका लागि आठ वटा कटेज तयार छन् । तिनमा १६ वटा कोठा छन् । रिसोर्टको सफ्ट लन्च अर्थात् परीक्षण सेवा सुरू भइसकेको छ । आगामी वैशाखदेखि अधिकांश सेवा सञ्चालन हुनेछन् । निर्माण पूरा भएपछि पूर्ण रूपमा सञ्चालन हुनेछ । हाल रिसोर्टमा मासिक पारिश्रमिक पाउने गरी १८ जनाले रोजगारी पाएका छन् ।
रिसोर्टले मुख्यतया आन्तरिक पर्यटकलाई नै लक्षित गरेको छ । नेपालीहरूलाई नेपालका पर्यटकीय गन्तव्यहरूमा पुर्याउनुपर्छ भन्ने दृष्टिकोणका साथ रिसोर्टको परियोजना अघि बढेको हो ।
हाम्रा पूर्वजहरू बस्ने घर, भाँडाकुँडा, उनीहरूले लगाउने लुगा, खाने परिकार अहिलेको पुस्ताले देख्न, प्रयोग र अनुभवसमेत गर्न मिल्ने गरी नयाँ खालको रिसोर्ट बनाउने सोचले अहिले आएर मूर्त रुप लिएको छ । लिभिङ म्युजियमका लागि सबै कुरा जुटाउन नसकेपछि फार्म र एड्भेन्चर समावेश गरेर गाउँले परिवेशको रिसोर्ट बनाइएको छ ।
हाल रिसोर्टमा बाससहित ब्रेकफास्ट र खाना प्याकेजमा उपलब्ध हुन्छ । रिसोर्ट परिसर घुम्ने सुविधा पनि छ । ढुंगामाटोले बनेको र परालको छानो भएका घर तयार भइसकेका छन् ।
कृषि र एड्भेन्चरसहित ग्रामीण परिवेशको पर्यटन नै नयाँ गाउँ एड्भेन्चर फार्म रिसोर्टको नयाँ शैली हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






