काठमाडौँ । काठमाडौँका अलग–अलग स्थानमा एकैदिन (मंसिर ७ गते) मूलतः एकअर्कालाई देखाउन दुर्गा प्रसाईं र महेश बस्नेतले गरेका प्रदर्शनको चर्चा चलिरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भने कवितात्मक शैलीमा कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यो देशमा सबैलाई राजा, राष्ट्रपति, प्रधानमन्त्री र नेता मात्रा बन्न मन लागेको तर देशलाई चाहिने मान्छे बन्न कसैलाई मन नलागेको भनी व्यंग्य गरेका हुन् ।
उनले लेखेका छन्-
यो देशमा सबैलाई
राजा बन्न मन लाग्यो
राष्ट्रपती बन्न मन लाग्यो
प्रधानमन्त्री बन्न मन लाग्यो
नेता बन्न मन लाग्यो
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जसले धर्तीलाई माया गरोस्
मान्छे बनौँ पहिला
अरू त जनताले बनाइहाल्छन् नि !
एमाले नेता महेश बस्नेतले बिहीबार युवा संघले तीनकुनेमा गरेको कार्यक्रममा बालेन पनि राजा बन्न खोजेको भनी आरोप लगाएका थिए ।
राजतन्त्रको धुवाँधार वकालत गर्दै बिहीबार कार्यक्रम गरेका प्रसाईंको समूह र गणतन्त्र रक्षाका लागि भन्दै प्रदर्शन गरेका युवा संघका कार्यकर्ताबीच बल्खुमा झडपसमेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सानिमा रिलायन्सको नवौ वार्षिक साधारण सभा सम्पन्न
- आई. एम. ई. लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न
- पोखरामा मोती उत्पादनको व्यावसायिक सुरुवात
- बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार प्रति गम्भीर ध्यानाकर्षण
- कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण
- ज्योति विकास बैंकका ग्राहकलाई "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा विशेष छुट
- एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौ ः चेम्बर
- ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान


ट्रेन्डिङ
खबरमुकाम








