काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढी र पहिरोले दुवै देशमा ठूलो जनधनको क्षति पुर्याएको छ । नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले नेपालतर्फ ठूलो क्षति पुर्याउनुका साथै चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत केरुङ क्षेत्रमा समेत गम्भीर प्रभाव पारेको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै प्राप्त विवरणअनुसार बुधबार बिहान आएको बाढी तथा पहिरोका कारण केरुङ बन्दरगाह क्षेत्रको सडक, विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । हालसम्म केरुङ क्षेत्रमा ३ जनाको मृत्यु भएको र २६५ जना सम्पर्कविहीन रहेको पुष्टि भएको जनाइएको छ ।
नेपालतर्फ भोटेकोशीको बाढीले रसुवाको टिमुरे तथा केरुङ नाकाआसपासका क्षेत्र ध्वस्त पारेको छ। बाढीका कारण नेपालमा करिब तीन सय जनाको मृत्यु भएको अनुमान गरिएको छ भने सुरक्षाकर्मी, स्थानीय तथा मजदुर गरी दर्जनौँ व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ ।
बाढी र पहिरोले नेपाल–चीन जोड्ने पुल, सडक तथा सञ्चारलगायतका भौतिक पूर्वाधारमा समेत गम्भीर क्षति पुर्याएको छ ।
उद्धारमा चिनियाँ सेना परिचालन
चीन सरकारले केरुङ क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन चिनियाँ जनमुक्ति सेना ९पीएलए० परिचालन गरेको छ । पश्चिमी थिएटर कमान्डअन्तर्गतको निर्देशन समूहलाई वाई–२० सैनिक परिवहन विमानमार्फत तिब्बत पठाइएको जनाइएको छ । उक्त टोलीले प्रभावित क्षेत्रमा सैन्य उद्धार तथा समन्वयको काम गर्नेछ ।
यसैबीच, छेन्दुबाट उडेको वाई–२० विमानमार्फत १११ जना आपत्कालीन उद्धारकर्मी शिगात्सेस्थित डिङ्ग्री विमानस्थलमा अवतरण गरिसकेका छन् । जीवन उद्धार, भग्नावशेष हटाउने तथा सञ्चार सेवा पुनःस्थापनाका लागि आवश्यक आधुनिक उपकरणसहित आएका उद्धारकर्मी केरुङ बन्दरगाहतर्फ अघि बढिरहेका छन् ।
तर सडक सञ्जालमा व्यापक क्षति पुगेकाले उद्धार टोलीलाई प्रभावित क्षेत्रसम्म पुग्न कठिनाइ भइरहेको जनाइएको छ ।
नेपालतर्फ पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजी कार्यमा खटिएका छन् । दुवै देशका सीमावर्ती क्षेत्रमा यातायात तथा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम






