काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ । मधेश र कोशी प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ । पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता विपद्को जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनाबारे अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भृकुटीमण्पमा झुण्डाइएका ताला, खुले त ज्यान जाला
- पुष्पलालको ४८औँ स्मृति दिवस आज मनाइँदै
- अमेरिका र साउदी अरबबीच ऐतिहासिक परमाणु सम्झौता
- देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
- एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु
- इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
- नेपाल इन्जिनियरिङ कलेजमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
- नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







