काठमाडौं । अमेरिकाले इरानका दक्षिणी क्षेत्रमा लगातार १० रात हवाई आक्रमण गरेको दाबी गरिएको छ । इरानी सञ्चारमाध्यमका अनुसार सिरिक, बन्दर अब्बास, केश्म टापु, चाबहार र कोनार्कलगायत क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डले जुलाई २० को रात इरानविरुद्ध लगातार १० चरणको सैन्य अभियान सञ्चालन गरिएको जनाएको छ । अमेरिकी समयअनुसार राति ९ बजे सुरु भएको उक्त अभियानमा इरानका सैन्य कमान्ड सेन्टर, नौसैनिक पूर्वाधार, क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपणस्थल र हवाई रक्षा प्रणालीलाई निसाना बनाइएको सेन्ट्रल कमान्डको दाबी छ ।
कुवेतस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी
यसैबीच, इरानी सेनाले कुवेतस्थित क्याम्प अरिफजानमा तैनाथ अमेरिकी एचआईएमएआरएस क्षेप्यास्त्र प्रणालीलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।
इरानी सेनाका अनुसार ‘अपरेसन साएकेह’को १८औँ चरणअन्तर्गत उक्त सैन्य अखडामा तैनाथ एचआईएमएआरएस आर्टिलरी प्रणालीमाथि क्षेप्यास्त्र प्रहार गरिएको हो । आक्रमणबाट प्रणालीमा क्षति पुगेको र यसले अमेरिकी सेनाको आक्रामक तथा प्रतिरक्षात्मक क्षमतामा असर परेको इरानको दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले कुवेतस्थित अहमद अल–जाबेर एयर बेसमा रहेका अमेरिकी सैन्य प्रणालीमाथि समेत आक्रमण गरिएको जनाएको छ ।
इरानी समाचार संस्था तस्निमका अनुसार रिभोलुसनरी गार्ड कर्प्सले आक्रमणका क्रममा प्रारम्भिक चेतावनी रडार, क्षेप्यास्त्र प्रतिरक्षा रडार, एफपीएस–११७ रडार, प्याट्रियट हवाई रक्षा प्रणाली तथा हवाई रक्षा स्याटेलाइट सञ्चार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ ।
यद्यपि, अमेरिकी पक्षले इरानका यी दाबीको पुष्टि गरेको छैन। स्वतन्त्र स्रोतबाट समेत उक्त दाबीको पुष्टि हुन बाँकी रहेको बताइएको छ ।
हुथीद्वारा साउदी जहाजमाथि समुद्री नाकाबन्दीको चेतावनी
उता, इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबसँग सम्बन्धित जहाजलाई लक्षित गर्दै समुद्री नाकाबन्दीको घोषणा गरेका छन् ।
हुथीले लालसागरको प्रवेशद्वारका रूपमा रहेको बाब–अल–मन्देब जलमार्ग साउदी जहाजका लागि बन्द गरिने चेतावनी दिएका छन् । साउदी अरबसँग सम्बन्धित सबै जहाज आफ्नो निसानामा रहने उनीहरूले बताएका छन् ।
बाब–अल–मन्देब जलमार्ग विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो, जहाँबाट विश्व व्यापारको करिब १० प्रतिशत हिस्सा आवागमन हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






