काठमाडौं । अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि केही घण्टा बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएपछि विमानस्थल क्षेत्रमा केहीबेर तनाव उत्पन्न भए पनि अहिले विमानस्थल सञ्चालनमा आएको हो ।
इस्तानबुलबाट आज बिहान काठमाडौँ आइपुगेको टर्किस एयरलाइन्सको जहाजमा अवतरणलगत्तै टायर विस्फोट भएर आगो लागेपछि विमानस्थलमा उडान र अवतरण रोकिएको थियो ।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो । बिहान ८स्३० बजे एयर इन्डिया र ८स्३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन् ।
विमानस्थलमा ठप्प हुँदा एयर अरेबियाको जहाले आकाशमै नौ फन्का लगाएको थियो । यस्तै, फ्लाइ दुबई, एयर इन्डिया, कतार र नेपाल एयरलाइन्सका जहाज पनि आकाशमै घुमेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपाको नयाँ नेतृत्वमा रवि निकट नेताको वर्चस्व, असिम शाह बने अपवाद
- होर्मुजमा मालवाहक जहाजमाथि ड्रोन आक्रमण, ट्रम्पले लगाए इरानमाथि आरोप
- कोशीमा भारी वर्षाको सम्भावना, देशभर मनसुन विस्तार हुने क्रम जारी
- रास्वपाको महामन्त्रीमा ८ जनाको मात्र उम्मेदवारीः शिशिर खनालले किन लिए फिर्ता
- प्रतिनिधिसभाको बैठक आज पनि सर्यो
- मधेसमा सरकार चलाउनेकै कारण संघीयता डुब्ने खतरा
- विद्युतीय सवारी साधनको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
- आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग



ट्रेन्डिङ
खबरमुकाम







