काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न आठवटा विश्वविद्यालयको उपकुलपतिको लागि दरखास्त आव्हान गरेको छ । मन्त्रालयले त्रिभुवन विश्वविद्यालयसहित आठवटै विश्वविद्यालयका उपकुलपतिहरुको लागि दरखास्त माग गरेको हो ।
विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचनामार्फत् योग्य र इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपतिको लागि दरखास्त आव्हान भएको छ ।
यही वैशाख २४ गते स्वीकृत भएको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।
आवेदनका लागि १० दिनको म्याद दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटबाट फाराम भर्न सकिने सूचनामा उल्लेख छ । साथै छनोट प्रक्रिया र योग्यता सम्बन्धी कार्यविधि पनि वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी गरेर यसअघिका उपकुलपति पदमुक्त भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ बाट नेपाल लाइफ सम्मानित
- रिपोर्टस् क्लव बन्दको बन्दै, के भन्छन् ऋषि धमला ?
- साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
- पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द
- इक्वेडरमाथि सहज जित निकाल्दै मेक्सिको अन्तिम १६ मा
- आज धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षा हुने
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने

ट्रेन्डिङ
खबरमुकाम







