भुवन कार्की
रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लन्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।
लन्डन सहरको टेम्स नदीमाथि बनाइएको ऐतिहासिक पुल (लन्डन ब्रिज) को नमूना बनाइएको उक्त गेटमा दर्शकहरूले टिकटक बनाउने तथा फोटो खिच्ने गरेका छन् । लन्डनमा पर्यटकको एक महत्त्वपूर्ण गन्तव्य रहकोे लन्डन ब्रिजको आकृतिले महोत्सवमा आउने दर्शकहरूलाई आकर्षित गरेको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक तिलोत्तमा उद्योग व्यापार सङ्गठनका अध्यक्ष प्रेम जिएमले बताउनुभयो ।
महोत्सव स्थलको लन्डन ब्रिजमा टिकटक बनाउँदै गर्नु भएका तिलोत्तमाका स्थानीय मुना नेपालले भन्नुभयो, ‘मेला हेर्नमा भन्दा पनि टिकटक बनाउन लन्डन ब्रिजमा आएका हौं, निकै रमाइलो लागेको छ।’
त्यस्तै महोत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, जलपरी, फ्रान्सको आइफिल टावर, बाल उद्यान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ । महोत्सवको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने गरेको जिएमले उल्लेख गर्नुभयो ।
महोत्सव स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रचारप्रसार गर्न उपयुक्त अवसर सुजना गरेको र साना ठुला सबै उद्योगी व्यवसायीले यसको सदुपयोग गर्नुपर्ने आयोजकको भनाइ छ ।
मङ्सिर १५ गतेबाट सुरु भएको महोत्सव पुस १ गतेसम्म चल्ने छ । मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने गरेको सांस्कृतिक कार्यक्रम संयोजक युवराज पराजुलीले बताउनुभयो ।
मेला सफल पार्न तिलोत्तमाका सबै सङ्घ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाको सहयोग रहेको पराजुलीले बताउनुभयो । मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा व्यापार सङ्घ रहेका छन् ।
महोत्सवमा तीन सय स्टलहरू सहभागी गराइएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरू सहभागी गराइएको छ ।
त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिताहरू जारी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







