काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाको क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्न, नयाँ प्रविधि र नवप्रवर्तनमूलक उत्पादन तथा सेवाहरूको नियन्त्रित परीक्षण गर्न सकिने गरी ‘रेगुलेटरी स्यान्डबक्स’ को मस्यौदा तयार पारेको छ । वित्तीय क्षेत्रको नयाँ–नयाँ प्रविधि विकास हुँदै गएको अवस्थामा नवप्रवर्तनहरूले नियन्त्रित परीक्षण गर्ने गरी वातावरण सिर्जना गर्न उक्त मस्यौदा तयारी पारेर राष्ट्र बैंकले सुझाव मागेको छ । यसले उत्तरदायी नवप्रवर्तनलाई प्रवर्धन गर्ने र वित्तीय समावेशीकरणका प्रयासहरूलाई थप सुदृढ बनाउने विश्वास लिएको राष्ट्र बैंकले तयार पारेको मस्यौदामा उल्लेख छ । राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ स्थापना गर्ने र त्यसमा वित्तीय क्षेत्रमा प्रविधिमा आधारित नवप्रवर्तनहरूको विकास र कार्यान्वयनका लागि अनुकूल नियामकीय वातावरण प्रदान गर्ने उद्देश्य रहेको छ । ‘रेगुलेटरी स्यान्डबक्स’ एउटा नियन्त्रित र सुपरिवेक्षित परीक्षण वातावरण हो, जसले सहभागी संस्थाहरूलाई आफ्ना उत्पादन, सेवा वा समाधानलाई राष्ट्र बैंकको मार्गदर्शनमा तोकिएको सर्तअनुसार परीक्षण गर्न अनुमति दिन्छ ।
त्यसले नवप्रवर्तनमूलक प्रविधिको व्यावसायिक रूपमा ती उत्पादनहरू सुरु गर्नु अघि प्रभावमूलक तथा प्रमाण–आधारित मूल्यांकन गर्न सहयोग पुर्याउने मस्यौदामा उल्लेख छ । ‘रेगुलेटरी स्यान्डबक्स’ को उद्देश्य डिजिटल वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तर बढाउने गरी सुरक्षित र उत्तरदायी वित्तीय उत्पादन वा सेवाको नवप्रवर्तनलाई प्रवर्धन गर्नु रहेको मस्यौदामा उल्लेख छ । यस्तै, उपभोक्ता र वित्तीय प्रणालीको सुरक्षामा सम्झौता नगरी फिनटेक नवप्रवर्तनलाई प्रत्यक्ष वातावरणमा परीक्षण गर्न सक्षम बनाउने, परम्परागत वित्तीय सेवा प्रदायक र फिनटेकबीच सहकार्य प्रोत्साहन गर्नु नै यसको उद्देश्य रहेको मस्यौदामा उल्लेख छ ।
वित्तीय क्षेत्रमा विकसित हुने नयाँ प्रविधिहरूलाई नियमनको दायरामा ल्याउने र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने, नयाँ प्रविधिहरू र नवप्रवर्तनहरूमा नियामकीय संवादको माध्यम उपलब्ध गराउने, वित्तीय क्षेत्रको नीति तथा नियमनका लागि आधार प्रदान गर्ने उद्देश्य राखिएको मस्यौदामा उल्लेख छ । ‘रेगुलेटरी स्यान्डबक्स’ वित्तीय क्षेत्रका नवप्रवर्तनहरूले नियन्त्रित वातावरणमा उत्पादन तथा सेवा परीक्षण गर्न सकिने सुविधा दिने राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तै, वित्तीय समावेशीकरण प्रवर्धन गर्ने प्रविधिमा आधारित नवीनतम उत्पादन तथा सेवाको प्रवेश हुने र वित्तीय प्रणालीमा प्रणालीगत जोखिम नल्याउने सुनिश्चिततासहित नयाँ प्रविधिहरूको अनुगमन गर्ने क्षमता विकास हुने मस्यौदामा उल्लेख छ ।
यस्तै, वित्तीय सेवाको क्षेत्रमा नयाँ प्रविधिहरूमा नियामकीय संवादको सुविधा उपलब्ध गराउने र वित्तीय क्षेत्रको बढ्दो मागअनुसार नियामकीय सुधारलाई जानकारी दिने विश्वास गरिएको मस्यौदामा उल्लेख छ । ‘रेगुलेटरी स्यान्डबक्स’ मा विशेष गरी राष्ट्र बैंकले फिनटेक नवप्रवर्तनकर्ताहरूका लागि ल्याउन लागेको हो । तर, सामान्य वित्तीय सेवाका नवप्रवर्तनकर्ताहरूले पनि आफ्नो सेवा, उत्पादन वा व्यवसायिक मोडेल परीक्षणको लागि तयार पारिसकेका छन् भने यसमा सहभागी हुन सक्नेछन् । यसमा परीक्षण गरिने गतिविधिहरू नेपालको वर्तमान कानुन तथा नियमनको दायरामा राष्ट्र बैंकले निगरानी गर्न सक्ने प्रकृतिका हुनुपर्ने मस्यौदामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीहरूलाई ‘रेगुलेटरी स्यान्डबक्स’ मा समावेश गर्न सकिने मस्यौदामा उल्लेख छ । कानुनअनुसार नवप्रवर्तन गर्न इच्छुक फिनटेक कम्पनीहरूलाई पनि समावेश गर्न सकिने मस्यौदामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






