पोखराको लेकसाइड १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वातावरणमैत्री र दीर्घकालीन सोचसहित ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा ल्याएको छ। बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले यसको उद्घाटन गरेकी हुन्। ‘बगैँचा’ नामले नेपाली माटो र प्रकृतिसँग नजिक हुने अर्थ बोकेको छ, जसले यहाँका पाहुनालाई शान्त जीवनशैलीको अनुभव दिन्छ। रिसोर्टले नेपाली पारम्परिक उपचार पद्धतिमा आधारित मसाज, ध्वनि उपचार, योग अभ्यास र मानसिक पुनःस्थापनाका सेवा सुविधा पनि प्रदान गर्छ।

रिसोर्टमा दुई रेस्टुरेन्ट छन् । मरिच (इन्डो–चाइनीज र कन्टिनेन्टल) र उमामी (प्यान–एशियन स्वादका लागि)। “टारो” पूलसाइड बारले थप आकर्षण थपेको छ। यहाँ मौसम अनुसार तरकारी र अन्य सामग्री उपलब्ध छन्। चार प्रकारका कोठा स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट र बगैँचा सुइट प्रदान गरिएका छन्, जसमा सबैमा निजी बाल्कोनी छन् र हरियाली दृश्य देख्न सकिन्छ। ३२ कोठासहित साढे चार रोपनीमा फैलिएको यो परियोजना ७० करोड रुपैयाँको लगानीमा बनेको हो। कोठा भाडा १५० देखि ३५० डलर (२०,४०० देखि ४७,६००) नेपाली रुपैयाँ सम्म रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभा साउन २१ सम्मका लागि स्थगित
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना
- विराटनगरस्थित देवनरा ग्रुपमा प्रहरीको छापा, मुन्दडा समूहको घरमा खानतलासी

ट्रेन्डिङ
खबरमुकाम







