काठमाडौँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ । आज बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।
जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरासुरुवालमा सजिएरसहभागी भएका थिए । देवीदेवतालाई सगुनसहित पूजा गर्न आ–आफ्ना द्योः छें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो ।
यो पूजा प्राचीनकालदेखि नै हुँदै आएको हो । बिस्का जात्रामा विध्न बाधा वा केही भुलचुक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई सगुन जात्राका रुपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकार ओम धौभडेलले राससलाई बताउनुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





