चैत्राष्टमी मेलाको तयारी पूरा 

काठमाडौँ । चैते दसैंको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठुलो मेला लाग्ने गरेको छ । बागलुङ चिनाउने मेलाका रुपमा समेत चैते दसैं मेलालाई लिइने गरिन्छ ।

नेपालकै महत्त्वपूर्ण मेलाहरु मध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत्र २० देखि २५ गतेसम्म आयोजना गर्न थालिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैतेदसैंको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा मेला आयोजना गरिने गरिन्छ । चैते दसैंका अवसरमा कालिका भगवती मन्दिर दर्शनका लागि लाखौं दर्शनार्थीहरु आउने गरेका छन् ।

पर्यटन प्रवद्र्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा व्यापारिक मेलाहरु आयोजना हुने गरेको भए पनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्त्व र इतिहास रहेको पाका पुरानाहरु बताउँछन् ।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बिचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । चैते दसैं मेलामा घरायसी प्रायोजनका सामग्रीहरु डाला, नाङ्ला, ठेका, हातहतियार लगायतका बस्तुहरुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैते दसैंमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाट समेत भक्तजनहरुको आगमन हुने गरेको छ । यस वर्ष मेलाको अवसरमा धार्मिक सम्मेलन समेत हुने जनाइएको छ ।

मेलामा पुरुष भलिवलको बिजेतालाई नगद दुई लाख ट्रफि, मेडल र प्रमाण पत्र, द्वितीय हुनेलाई नगद एक लाख ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद २५ हजारसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडिलाई नगद पाँच हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै